त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्षमा गरिव परिवारकी कुमालको उम्मेदवारी

सल्यानटार,१३ बैशाख ।
सामान्य कुमाल परिवारकी संगिता कुमाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ निवासी २६ वर्षीया कुमाल नवलपरासी जिल्लाको सामान्य परिवारमा जन्मनु भएकोले संघर्ष नै संघर्षमा यहाँ आइपुगेको बताउनुभयो ।

किसान परिवार भएको विद्यालय स्तरको अध्यायन ज्ञानोदय उच्च माध्यामिक विद्यालयबाट कक्षा १२ सम्म अध्यायन गर्ने अबसर पाउनुभयो ।
थोरै जग्गाजमिन भएकोले परिवार पाल्न र छोरी पढाउन संगिताका बुबा बिरबहादुर र आमा बिमलाले अरुको जग्गामा अधियाँ गर्ने र ज्यालामजदुरी गरेर पढाउनुभएको थियो ।

कक्षा १२ पछि आफैँले पढ्नका लागि काम गर्दै पढेर शिक्षा तर्फ व्यचलर पास गरेकोले आफूले गरेकोसंघर्षले समाज परिवर्तको लागि आफैँ उठ्नु परेको बताउनुभयो । जसको सवाल उसकै नेतृत्व चाहिन्छ त्यसैले आफूले एमालेको उम्मेदवार भएर उपाध्यक्षको टिकट पाएको कुमालको भनाइ छ।

अनेरास्ववियुबाट विद्यार्थी राजनितिमा लागेको भएपनि धादिङमा विवाह गरिआएपछि ८ वर्षसम्म निश्कृय बस्नु भएको थियो । जब स्थानीय तहको चुनावको चर्चा चल्यो, तब आफूले विद्यार्थी हुँदा गरेको राजनितिले आफूलाई डोर्याएर एमालेको सम्पर्कमा पुर्याएको बताउनुभयो । घरपरिवार काँग्रेस समर्थक थिए ।

संगिताको कुरासुरुमा एमाले नेताहरुले बेवास्ता गरे । पछि भएपछि राजनितिक रुपमा राखेको सुझबुझ र विपक्षीहरुसंग गरेको कुराका आधारमा प्रशिक्षित नेताको रुपमा गाउँबासीको समेत अगुवा भएका कारण एमालेले उहाँलाई उपाध्यक्ष उठाउने निर्णय गरेको हो ।

त्रिपुरासुन्दरीमा सर्वसम्मत रुपमा उहाँको नाम आएपछि कूमाल समूदायमा आशाको दियो बलेको छ । यसअघि नेपाली काँग्रेसलाई समर्थन गर्दै आएका कूमाल समूदाय अब गाउँको विकासमा आफ्नै समूदायको नेताले मात्र गर्न सक्छ भनेर समूदायनै संगिता कुमाललाई जिताउन लागि परेका छन् । नेपाली काँग्रेसका नेताहरुले पार्टी छाडेर संगिताको प्रचारमा लागेका छन् ।

मनोनयन दर्ताका समयमा समेत हिजो नेपाली काँग्रेस भनेर देखिएकाहरु संगिता जिताउन सूर्यको झण्डा बोकेर सामाज विकास र परिवर्तको दियो बालिएको बताउँदै सहभागि भएका थिए ।कूमाल समूदायकी उम्मेदवार संगिता कुमाल आफूले विजय हासिल गरेपछि सामाजिक, आर्थिक विकासका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्