जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ,१४ बैशाख ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो । 

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो ।

त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्