१४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९ जना स्वस्थ, सक्रिय संक्रमित २४३

धादिङ,१६ बैशाख ।

देशभर थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार ७७१ कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा १ हजार ७७८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १३ जना र ९ सय ९३ एन्टीजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १९ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ४३ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९७७ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्