नीलकण्ठ–२ वलीडाँडाका ३० जना नेकपा प्रवेस

धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ वलीडाँडाका ३० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रवेस गरेका छन् । आईतबार नेकपा नीलकण्ठले वडा नं २ स्थित वलीडाँडामा एक कार्यक्रमको आयोजना गरी काँग्रेस वडा नं २ का वडा सचिव टोप बहादुर थापा९सुरेश० को नेतृत्वमा ३० जना नेकपा प्रवेस गराएको हो ।

नेकपा प्रवेस गर्नेमा तरुण दलका वडा सभापति रिभर थापा मगर, नेपाली काँग्रेस वडा सदस्य एवं सोह्रघरे आधारभुत विद्यालयका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ लगायत ३० जना रहेकोनेकपा नीलकण्ठले जनाएको छ ।

केहि दिनअघि वलीडाँडा नजिकै बसाहामा सय जना भन्दा बढी नेकपा कार्यकर्ताहरुलाई काँग्रेसले पार्टी प्रवेस गराएको थियो । यस्तै शनिबारमात्रै नेत्रावती डबजोङ गाउँपालिका र नीलकण्ठ नगरपालिकाका कÞरीब ६ सय जनाले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० प्रवेस गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्