जिल्लामा भरपर्दो शान्ति सुरक्षाको व्यवस्थापन गर्छुः एसपी खड्का

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जिल्लामा हुने सम्भावित अबैध कार्यलाई पूर्ण रुपमा रोक्ने प्रतिवद्धता जनाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धादिङद्धारा आइतबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक९एसपी० खड्काले यस्तो बताउनुभएको हो ।

उहाँले छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्ने,जिल्लामा भरपर्दो शान्ति सुरक्षाको व्यवस्थापनको लागि उपलव्ध श्रोत साधनहरुको परिचालन गर्ने,पेन्डिङ्ग मुद्दाहरुको अनुसन्धानलाई निरन्तरता दिने बताउनुभएको छ ।

यस्तै प्राकृतिक श्रोत साधनको संरक्षणको लागि सम्वद्व निकायहरुसंग समन्वय गर्ने कुराहरुलाई आफुले प्राथमिकतामा राखेको बताउनुभयो । जिल्लाभित्र हुने गरेको गुण्डागर्दी लगायतका समस्याहरुलाई पूर्ण रुपमा रोक्ने, प्रहरी संगठनभित्रको एकरुपतालाई बलियो पार्दै लैजाने, जिल्लाको दक्षिणी क्षेत्रमा हुने गरेको ढुंगा गिटी, वालुवा तथा गाँजा खेती लगायतको अवैध खेतीलाई निरुत्साहित पार्ने लगायतको कामलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारले प्रहरीबाट प्राप्त हुने सूचनालाई सहज बनाउन आग्रह गरेका छन् । कार्यक्रममा प्रहरी कार्यालय धादिङका प्रवत्ता तथा प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिना,प्रहरी निरिक्षक जयन्ति थापा,जिल्ला भित्र रहेको बिभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । प्रहरी उपरिक्षक खड्का सम्पत्ति शुद्धिकरण विभागबाट सरुवा भएर बिहिबार धादिङ आईपुग्नुभएको हो । यसअघि धादिङका प्रहरी प्रमुखमा रवीन्द्र रेग्मी रहनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्