नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले ज्वालामुखी गाउँपालिकाका ५७ जनालाई स्वास्थ्य सामग्री ९हाईजिन किट० वितरण गरेको छ । आईतबार धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं १ र २ का कोरोना संक्रमित भएर निको भएका व्यक्ति, परिवार तथा आर्थिक अवस्था कमजोर भएका ५७ जना नागरिकहरुलाई धादिङ रेडक्रसले स्वास्थ्य सामग्री वितरण गरेको हो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडा, वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद सिलवाल, वडा नम्बर २ का वडा अध्यक्ष रण बहादुर शाही र धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष जानुका सिंखडाले नागरिकहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामग्रीको सहि प्रयोग गरि आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभएको छ । यस्तै आईतबारनै सोही स्थानमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक सुशिला श्रेष्ठले प्रशिक्षण गर्नुभएको अन्तरक्रिया कार्यक्रम कोरोना रोकथाम तथा नियन्त्रण र बच्ने उपायको बारेमा विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले महामारीको समयमा आफु र आफ्नो परिवारलाई सुरक्षित राख्ने विषयमा जानकारी गराउनु भएको थियो ।नेपाल रेडक्रस सोसाईटी मैदी उपशाखाका सभापति राजन सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडाको प्रमुख आतिथ्य रहेको थियो ।