धादिङमा पनि मनाईयो विश्व पशुपन्छी दिवस

विश्व पशुपन्छी दिवस २०७७ धादिङमा पनि मनाईएको छ । सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङको आयोजनामा पशुपन्छी प्रति उचित सम्मान,मानव सभ्यताको पहिचान भन्ने नारा सहित विश्व पशुपन्छी दिवस २०७७ मनाईएको हो । हरेक बर्षको अक्टुबर ४ मा मनाईने विश्व पशुपन्छी दिवस कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धादिङ भने आज मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कँडेलले पशु अधिकारका विषयमा मानब नै जिम्मेवार हुन आबश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कुरा धेरै हुने गरे पनि मानविय स्वभाव र परम्पराका कारण सुधारमा चुनौती देखिएको भन्दै कँडेलले पशुपंक्षीहरुलाई धर्म र आस्थामा समेत जोडिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख किन्द्र बहादुर अधिकारीले पशुपंक्षीहरुको अधिकारको समुचित व्यवस्थापन,पशुपंक्षीहरुले सामान्य व्यवहार प्रस्तुत गर्न पाउने,स्वतन्त्रता रहेको र सोही अनुसार मानवीय व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै केन्द्रका पूर्वप्रमुख तथा भेटेरिनरी डाक्टर गुरु प्रसाद खकुरालले जनावर प्रति गरिने क्रुर व्यवहार लाई समाप्त पारी पशु सम्बन्धी कल्याणकारी काम गर्न यो दिवसले मुख्य सन्देश दिएको बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङका प्रमुख किन्द्र बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कँडेलको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रका पूर्वप्रमुख तथा भेटेरिनरी डाक्टर गुरु प्रसाद खकुराल, जिल्लाको बिभिन्न स्थानिय तहमा पशु तथा कृषि शाखामा कार्यरत प्राबिधिकहरु लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्