लाईन्स क्लव अफ नेपाल हाईलाईटद्धारा आगिन्चोकका पहिरो पिडितलाई सहयोग

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्थित आगिन्चोकको गोलाङ काफलगैरीका पहिरो पिडितलाई लाईन्स क्लव अफ नेपाल हाईलाईटले सहयोग गरेको छ । सोमबार काफलगैरीका चेत वहादुर खानलाई लत्ता कपडा साथै अस्थाई घर निर्माण गरि हस्तान्तरण गरिएको सहयोग गरिएको इश्वर भण्डारीले बताउनुभयो ।

गत भाद्र ६ गते खसेको पहिरोले काफलगैरीका निवासी चेत वहादुर खानका जेष्ठ सुपुत्र २५ वर्षिय मिलन खान, उनका वुहारी २१ वर्षिय सम्झना खान र डेड वर्षका नातिनी अन्जिता खानको पहिरोेले पुरियर मृत्यु भएको र घर समेत भत्किएको थियो । पिडित परिवारलाई आरुघाट निवासी व्यवसायी शिवशक्ति टेड्सका प्रबन्धक सुरेन्द्र श्रेष्ठले लत्ता कपडा र गाउँपालिकाबाट प्राप्त भएको पाईप सहित अन्य सामाग्री हस्तान्तरण गरिएको भण्डारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्