काँग्रेस निलकण्ठ–४ का सभापति श्रेष्ठ र युवा नेता बाँनियाँ एमाले प्रवेश

धादिङ,१७ बैशाख ।
नेपाली काँग्रेस निलकण्ठ नगरपालिका वडा नम्बर ४ का सभापति नानीराम श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शुक्रबार नेकपा एमालेका नेता प्रदिप ज्ञावालीले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच श्रेष्ठलाई एमाले प्रवेश गराउनुभएको हो ।

काँग्रेसको कुशल नेताका रुपमा परिचित श्रेष्ठ सफल व्यवसायि समेत हुनुहुन्छ । यसैगरी नेपाली काँग्रेसकै अर्का युवा नेता तिलक बाँनियाँ पनि एमाले प्रवेश गर्नुभएको छ । काँग्रेस वृत्तमा सक्रिय नेताको छबि बनाएका बाँनियाँलाई शनिबार एमालेका जिल्ला तहका नेताहरुको एमाले प्रवेश गराउनुभएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्