त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापाको राजनितिक यात्रा

सल्यानटार,१७ बैशाख ।
३० वर्षदेखि राजनीतिमा क्रियाशील युवानेता उमेश कुमार थापा नेकपा एमालेको तर्फबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार हुनुभएको छ । भूगोल बुझेका त्यागी नेताको पहिचान बनाएका थापाले २०७४ को स्थानीय निर्वाचनमा सहमतिमा अध्यक्ष छाडेरे चुनावमा लाग्नु भएको थियो । यस पटक एमालेले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षको टिक दिएपछि त्रिपुरासुन्दरी बासीमा आशाको संचार भएको छ ।

निरन्तर राजनीतिमा मात्र जीवन अर्पण गर्दै आफ्नो गाउँठाउँ बनाउने हेतुले यो पटक गाउँपालिका प्रमुखमा थापा होमिनुभएको छ । परिवारभन्दा माथि उठेर समाज र राजनीति मात्र सोचेर अघि बढ्नु भएका थापा स्वयं युवा र हरेक कोणबाट योग्य भएकाले गाउँपालिका प्रमुख बनी गाउँ बनाउने अभियानमा अघि बढ्नु भएको छ ।

‘ईमान्दार र आदर्श व्यक्तित्व, त्रिपुराबासीले रूचाएको नेतृत्व’ नाराका साथ चुनावी अभियान सुरू भइसकेको छ । पार्टीमा एकमत सिर्जना गरी सबैलाई समेट्दै अघि बढ्ने क्षमता बोकेका थापा एमाले बाहेक कादलका समर्थकले पनि उत्तिकै रुचाइएका पात्र हुनुहुन्छ । मुलपानी, पोखरास्थित महेन्द्रोदय माविमा २०४८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएर राजनीतिमा अघि बढेका थापाले तीन दशकको राजनीतिक अनुभव बटुल्नु भएको छ ।

अनेरास्ववियु धादिङ क्षेत्र नं. १ का अध्यक्ष, धादिङ जिल्ला कमिटिको विभिन्न पदमा रही अध्यक्ष, बागमती अञ्चल कमिटि सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटिको सदस्यमा बसेर उहाँले विद्यार्थी आन्दोलन हाँकि सक्नुभएको छ ।यस्तै, नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव, नेकपा एमालेका ईलाका कमिटि, क्षत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको १८ बर्ष को अनुभव पनि युवा नेता थापा सँग छ । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्ष भएर समेत सफल कार्यकाल बिताइ सक्नुभएको छ ।

एमालेको बागमती प्रदेश कमिटी सदस्य रहनुुभएका थापा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अग्रसर रहँदै आउनुभएको छ । भद्र र शालिन व्यक्तित्वका रुपमा चिनिने युवा नेता थापा सधैं अग्रमोर्चामा रहेर खटिँदै आउनुभएको छ।
उमेशकुमार थापा जिल्लामा लोकप्रिय नेताको रूपमा स्थापित हुनुहुन्छ । सबैको कुरा सुन्ने तर कम बोल्ने प्रवृत्तिका थापाले आफूलाई त्रिपुराबासीले सहजै विजयी बनाउने विश्वास लिएको बताउनुभयो ।

३० वर्षसम्म योगदानको तुलनामा अवसरबाट वञ्चित रहेका थापाले पार्टीका लागि त्याग गर्दै आउनुभएको छ । अविछिन्न अविचलित रही पार्टीका निम्ति काम गर्दै आउनुभएका थापा पार्टीको कुशल संगठक समेत हुनुहुन्छ। (रञ्जन अधिकारीको सहयोगमा)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्