एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोक, १८ वैशाख

पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।

आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि  एमालेलेलाई सचेत गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्