इक्वेडरमा अपराध नियन्त्रण गर्न संकटकाल घोषणा

एजेन्सी
क्विटो, १८ वैशाख। 

बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् । गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 

इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ । राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो । 

सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताएका छन् । चार हजार प्रहरी अधिकारी र इक्वेडरको सशस्त्र बलबाट ५ हजार सैनिक तीनै प्रान्तमा तैनाथ गरिने उनले बताए । निश्चित क्षेत्रमा कर्फ्यू लगाइने भएको छ । 

‘समाज निस्कृय बनाइने छैन’ उनले ट्विट गरेका छन्, ‘आपराधिक गिरोहहरू सामू शान्तिलाइ कहिल्यै बलिदान दिइने छैन । ’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्