अब्बल जनप्रतिनिधि प्रेमनाथ सिलवालको राजनितिक यात्रा

धादिङ,१८ बैशाख ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ पिपलनलाङ निवासी ६६ वर्षीय प्रेमनाथ सिलवाल दोश्रो कार्यकालका लागि नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नु भएको छ। २०४८ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएका सिलवाल विद्यार्थी राजनिति बाट आफूलाई राजनिति र सामाजिक सेवामा लागाउनुभएको थियो ।

१९ वर्षको शिक्षण पेशा छाडेपछि २०४८ र २०५४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएपछि ५ वर्ष गाविस अध्यक्ष भएर विकासप्रेमी नेताको छवि बनाउनु भएको छ । गाउँको आवस्यकता र सम्भावना हरुलाई केलाएर योजना सहित विकासका लाग्ने स्वच्छ छविका नेताको रुपमा प्रेमनाथ सिलवाललाई चिनिने गरिन्छ ।

सरकारी विद्यालयमा अध्ययान गर्नुभएका सिलवाल विकासका हिसावले नमूना काम गर्ने गाविस अध्यक्ष बनेर देशभर परिचित हुनुभएको थियो। विद्यार्थी जीवनमा गजुरी आदर्श माविमा अध्ययनको क्रममा अनेरास्ववियुमा लाग्नुपर्छ भन्ने विचारले अभिप्रेरित भई बामपन्थी विचार धाराप्रति आकर्षित हुनुभएका सिलवाल निरन्तर अनेरास्ववियुको राजनिति र त्यपछि नेकपा एमालेको राजनितिमा सक्रिय हुनुभएको छ ।

गाविस अध्यक्ष हुँदाको समयमा गाउँगाउँमा सडक सञ्जाल विस्तार तथा अन्य विकासको पूर्वाधार विकासमा अगाडि बडाई गाउँमा विकासको अभियान सञ्चालन गरी अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।२०७१ सालदेखि २०७८ सम्म नेकपा एमाले धादिङको कार्यालय सचिवको जिम्मेवारी पुरा गर्नुभएका सिलवाल हालसम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य ३ कार्यकाल पुरा गर्नुभएको छ ।

जिल्ला अस्पताल धादिङको विकास समितिको अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । त्यस समय जिल्ला अस्पतालको सुधार तथा व्यवस्थापनमा सुधार गरी अस्पताललाई नमुना बनाउन सफल हुनुभएको थियो । २०७४ मा सिद्धलेक गाउँपालिकाको पहिलो निर्वाचित अध्यक्ष भई सफलतापूर्वक कार्य सम्पन्न गर्नुभयो । खासगरी यस ५ बर्षे कार्यकालमा गाउँपालिकाको विकासमा सक्रिय पूर्वक लाग्नुभयो । गाउँमा खानेपानी, सडक, विकास पूर्वाधार लगायतका काममा काम गर्नुभएको थियो । यसपटक पनि पार्टीले टिकट दिएपछि गाउँपालिका अध्यक्षको उम्मेदवारी दिनुभएको छ ।

एक घर एक धाराको अभियान पुरा गर्ने, मूख्य सडक पिच गर्ने, रोजगारीका लागि अलग अलग प्राविधिक धारका शैक्षिक कार्यक्रम संचालन गर्ने, इन्डक्सन चुलोको व्यवस्थापन गर्ने, कृषि उपजको न्यूनतम समर्थन मूल्या तोक्ने, बजारीकरणका लागि व्यवस्था गर्ने, युवा लक्षित खेलकुद कार्यक्रम संचालन गर्ने, बाँझो जमिन उपभोग गर्नका लागि भूमि बैँक बनाउने, एकल पुरुषका लागि मासिक भत्ता, शिक्षक तालिम केन्द्र संचालन, सडक सफाइका लागि कामदारहरु व्यवस्थापन गर्ने लयातका कार्यक्रम गर्ने लक्ष यस पटक लिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्