प्रारम्भिक कमिटि सदस्यदेखि उपाध्यक्षको उम्मेदवारसम्म कमला शर्मा

धादिङ,१८ बैशाख ।
नेकपा एमाले सिद्धलेक गाउँ कमिटिको अध्यक्ष समेत रहनुभएकी कमला शर्मा अधिकारीले सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । २०२८ साल असोज १८ गते धादिङको साविक कल्लेरी गाविसको वडा नम्वर ८ मा जन्मनुभएकी कमला शर्मा सिद्धलेक गाउँपालिका वडा नम्वर ७ आदमटारकी स्थानीय हुनुहुन्छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाट उपाध्यक्ष पदमा िनर्वाचित भई ५ बर्षसम्म पालिका उपाध्यक्षको भुमिका समेत निर्वाह गरिसक्नुभएको छ ।

उहाँले शिक्षाशास्त्र संकायमा स्नातकतह सम्मको कक्षा पुरा गर्नुभएको छ ।स्पष्ट बक्ता तथा सरल स्वभावकी कमला शर्माको राजनीतिक यात्रा विद्यार्थी जिवनबाट शुरु भएको हो । २०४४ सालतिर स्कुले जिवनमा उहाँ अनेरास्ववियुप्रति आकर्षित हुनुभयो । त्यतिवेला बागेश्वरी माविमा अध्ययनका क्रममा अनेरास्ववियुको प्रारम्भीक कमिटिको सदस्य बनी राजनीतिक यात्रा शुरु गर्नुभयो ।

त्यसपछि कलेज अध्ययनका क्रममा सरस्वती क्याम्पसमा गठित प्रारम्भिक कमिटि सदस्यबनी भूमिका निर्वाह गर्नुभयो भने जिल्ला तहमा नेकपा एमाले जिल्ला कमिटि धादिङको सल्लाहकार कमिटि सदस्य, अनेमसंघको बागमति प्रदेश कमिटिको सचिवालय सदस्यतथा २ कार्यकाल सम्म नेकपा एमालेको जिल्ला कमिटिको सदस्य समेत रहिसक्नुभएको छ ।

कमला शर्मा अधिकारीले तत्कालिन पार्टीको भूमिगत कालमा खासै सक्रिय भूमिकामा नरहेको भएपनि विभिन्न किसिमबाट सहयोग गर्नुभएको थियो । कमला शर्मा अधिकारीले सत्यवति माध्यमिक विद्यालयमा २०६१ सालदेखि २०७४ सालसम्म १३ बर्ष शिक्षण पेशामा पनि संलग्न रहनुभयो।आफूले सिद्धलेक गाउँपालिकामा निर्वाचित भएपछि विकासको रेखा कोर्न सफल भएको र न्यायिक क्षेत्रमा गरेको कामले जनताले आफूलाई पुनःआउन भनिरहेको बताउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्