आज यी प्रदेशका जिल्लामा वर्षा, हेर्नुहोस ३ दिनको मौसम पूर्वानुमान

काठमाण्डौ,१९ बैशाख ।
धादिङसहित देशका बिभिन्न ठाउँमा पानी परेको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बद्ली रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ।

दिउँसो सातै प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान छ । यस्तै, पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ्ग पर्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्