मतदान गर्दा ध्यान पु¥याऔँ : यी हुन् मत बदर हुने अवस्था

काठमाडौं,१९ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब ११ दिन बाँकी रहेको छ । यही वैशाख ३० गते देशभर ७५३ वटै पालिकामा एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदै छ । मतदान गर्दा विभिन्न कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ ।

मत बदर हुने अवस्था

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,
३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,
५. उमेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
६. कुनै पनि उमेदवारको निवाचन चिह्नमा मत संकेत नगरिएको,
७. निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उमेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,
८. मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको,
११. जाली मतपत्र ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्