मतदातालाई मतदान गर्न सिकाउँदै गाउँपालिका उपाध्यक्षका उम्मेदवार कुमाल

सल्यानटार,१९ बैशाख ।
त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष संगिता कुमाल यस पटक निर्वाचन आयोगले मतदाता शिक्षा संचालन नगरेका कारण अलमलिएका मतदातालाई सिकाउँदै हिड्नुभएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार कुमाल कुमाल समूदायको उपाध्यक्षको एक मात्र प्रतिनिधि भएकोले आफ्ना मतदाताहरुलाई भोटदिने तरिका सिकाउँदै हिड्नु भएको छ ।

सरकारले भोटदिन सिकाएन, आफूलाई मत हाल्न चाहनेहरुले आफूलाई सोधेकोले धेरैलाई भोट दिने तरिका सिकाउँदै हिडेको कुमालको भनाइ छ । आर्थिक, सामाजिक रुपमा पछाडी रहेको कूमाल समूदायले आफ्नो प्रतिनिधि पाउने भएपछि उत्साहि भएका छन् ।

मतदाता शिक्षामा यस वर्ष राज्यको लगानी नभएको र गैर सरकारी निकायलेसमेत मतदाता शिक्षा नदिउका कारण नयाँ मतदाता र पुराना समेत अलमलिएका छन् ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्