मतदाता भेटघाटमा एमाले

धादिङ,१९ बैशाख ।

नेकपा एमाले गल्छी गाउँ पालिकाले टोलटोलमा मतदातालाई भेटघाट गर्दै आफूहरुले नै विकास गरेकोले अबको विकासको निरन्तरताका लागि आग्रह गरेको छ ।

गरिब र असमानता अन्त्य गर्ने, नागरिकलाई उत्पादन मुखी बनाउने, कृषिको उत्पादनमा जोड दिएर बजारी करण गर्ने, नागकिको क्षमता विकासमा जोड दिएर सीपमूलक जनशक्ति तयार गरिरोजगारीमा लगाउने जस्ता प्रतिवद्धताहरु एमालेले सार्वजनिक गर्दै एमाले प्रतिनिधिले मात्र विकासको योजना ल्याउन सक्ने भएकोले सूर्य चिन्हमा मत दिन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष उम्मेदवार केदार खतिवडा गाउँगाउँमा विकासकोखाका बोकेर पुग्नु भएको छ। गल्छी गाउँपालिकाको८ ओटा वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रम संचालन भइरहेको नेकपा एमाले गल्छीका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभएको छ।

धुनीबेसी
नेकपा एमाले धुनीबेसीले घरघरमा पुगेर मतदातासंग भेटघाट जारी राखेको छ । नेकपा एमाले धुनीबेसी नगरपालिका प्रमुख उम्मेदवार रामराजा पाण्डे, उपप्र्मुख उम्मेदवार मन्दीरा श्रेष्ठ, लगायतको टोलीले घरघरमा पुगेर भेटघाट गरेको छभने कोणसभा र टोलसभाहरु गरेको छ ।
धुनीबेसी नगरपालिकाले वडा नम्बर १ मा मतदाताहरुसंग भेटघाट गरेर विकासका लागि काम गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

निलकण्ठ नगरपालिका
निलकण्ठ नगरपालिकाले मतदाताहरुसंग भेटघाट कार्यक्रलाई तिब्र पारेको छ । निलकण्ठ नगरपालिका नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गंगादेबि श्रेष्ठको सहभागितामा वडा नम्बर ९ र वडा नम्बर ८ मा मतदाता भेटघाट भइरहेको गाउँबाट पत्रकार दोलख गुरुङले जानकारी दिनुभएको छ ।

वडा नम्बर ८ मा चुनावी रौनकसंगै कुमाल समूदायका वडा अध्यक्ष उम्मेदवार जितबहादुर कुमालले गाउँमा गरिने विकासका काम गाउँबासीको सल्लाहमा गर्ने बताएपछि गाउँबासी उत्साही भएका छन् । गतवर्षहरु एमालेकमजोर भनिएको ८ नम्ब। वडा यसपटक नेकपा एमालेले निर्वाचन जितेर गाउँको विकासमा लाग्ने गरि जनताले साथ दिएको नेकपा एमाले वडा नम्बर ८ मा भरत ढुंगानाले बताउनुभएको छ ।

थाक्रे
नेकपा एमाले थाक्रे को ११ ओटा वडामा घरदैलो कार्यक्रम आजबाट सुरु भएको छ ।वडा नम्बर ११ को घरदैलो कार्यक्रम गर्नुअघि कार्यकर्ताहरुकोबैठक बसी निर्वाचमा एमालेलाई विकासका लागि मत माग्न जाने निस्कर्ष निकालेको थियो ।नेकपा एमालेले शिक्षक र महिलाहरुसंग धार्केमा छलफल कार्यक्रमको आयोजना गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्