सर्भिस फर पिस नेपाल द्धारा दुई दिने वर्कशप संचालन

धादिङ,२० बैशाख ।

सर्भिस फर पिस नेपालको आयोजनामा धादिङबेशीमा २ दिने खानेपानी तथा सरसफाई सम्बन्धि दुई दिने वर्कसप सम्पन्न भएको छ ।

सर्भिस फर पिस नेपालका महासचिव तथा ड्रिम वाटर प्रोजेटका कार्यकारी निर्देशक जिन्तु नकर्मीको अध्यक्षतामा यहि बैसाख १८ र १९ गते सम्पन्न कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्भिस फर पिस नेपालका केन्द्रिय सदस्य डा. रामचन्द्र पोखरेल, बासुदेव न्यौपाने र प्रशिक्षक सुवास केसीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षक सुवास केसीले शुद्ध पानी,सुरक्षित शौचालय,भान्सा कोठाको सरसफाई, ब्यक्तिगत सरसफाई,फोहोर मैला ब्यवस्थापन र महिनावारीको बारेमा प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा सर्भिस फर पिस नेपालका केन्द्रिय सदस्य डा. रामचन्द्र पोखरेलले स्वयमस्यवकको बारेमा बताउनुभएको थियो । सोहि अवसरमा बासुदेव न्यौपानेले सर्भिस फर पिस नेपालको स्थापना काल देखि हाल सम्म गर्दै आएको गतिबिधिको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न १,२,४,५,९ र १० का बिद्यार्थी,समाजसेवी,नागरिक अगुवाहरुको सहभागिता रहेकोे थियो । सर्भिस फर पिस नेपालले हाल नीलकण्ठ नगरपालिकाको साझेदारीमा नगरपालिका भित्रका ६ वटा वडामा खानेपानीको काम गर्दै आईरहेको छ ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्