सर्भिस फर पिस नेपाल द्धारा छ दिने सिपमुलक तालिम सम्पन्न

धादिङ,२० बैशाख ।

सर्भिस फर पिस नेपालको आयोजनामा धादिङबेशीमा ६ दिने मर्मत सम्हार तथा सिपमुलक तालिम सम्पन्न भएको छ ।

सुसगमटोलमा रहेको सर्भिस फर पिस कम्युनिटी ट्रेनिङ सेन्टरमा यहि बैसाख १३ गते देखि सुरुभएको तालिममा नीलकण्ठ नगरपालिकाका १३ युवाहरुको सहभागिता रहेको थियो । तालिममा वल्डिङ,प्लम्बिङ,इलेक्ट्रिक सिटीको वाईरिङको बिषयमा ब्यवहारिक सिपमुलक प्रशिक्षण दिइएको थियो ।

नीलकण्ठ नगरपालिका वडा न १,२,४,५,९ र १० का युवाहरुलाई लक्षित गरि दिएको तालिमले युवाहरुलाई स्वरोजगार बन्न मद्धत पुग्ने सफिस फर पिस नेपालका फिल्ड कोर्डिनेटर हेम बहादुर महतोले बताए ।तालिममा रामबहादुर बलमपाकी मगर,किरण वस्ति र गोपी राना मगरले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सर्फिस फर पिस नेपालकाका महासचिव तथा ड्रिम वाटर प्रोजेटका कार्यकारी निर्देशक जिन्तु नकमीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्