जिसस धादिङको चौथो जिल्ला सभा सुरु

जिल्ला समन्वय समिति धादिङको चौथो जिल्ला सभा तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु भएको छ । बिहिबारसम्म सञ्चालन हुने जिल्ला सभा तथा समीक्षा गोष्ठीको बुधबार प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले उद्घाटन गर्नुभएको हो ।सभालाई सम्बोधन गर्दै संघीय सांसद खेम प्रसाद लोहनीले धादिङ जिल्लाको विकासको लागि संघ, प्रदेश र स्थानिय तह बीच समन्वय हुनुपर्ने बताउनु भएको छ । जिल्लाको १३ ओटै स्थानिय तहहरुमा विकासको खाका कोरिएको भन्दै अबको दुई बर्षमा नागरिकले महशुस गर्ने गरी विकास हुने बताउनुभयो ।

संघमा रहेर आफुले जिल्लाको विकासको लागि समन्वय गरीरहेको भन्दै उहाँले जनताहरुको भावन बुझेर काम गर्नको लागि स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्व्य समितिका उप–प्रमुख विन्दा बरामु९नेपाली०ले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बरामु नेपालीले विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड १९० को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण विकास निमार्णको काममा बाधा पुगेको बताउनुभयो ।

जिल्लाको समग्र विकासलाई योजनावद्ध रुपमा व्यवस्थित र प्रभावकारी बनाउन संघ÷प्रदेश र स्थानीय तह बीचको सहकार्य र समन्वय गदै जनसहभागिता, उत्तरदायित्व, पारदर्शीता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । धादिङ जिल्लाका १३ वटै स्थानीय तहमा सरकार कार्यकारी र न्यायिक अधिकार सहित क्रियाशिल रहेका बताउँदै स्थानीय सरकारले आर्थिक वर्षको बजेट तर्जुमा देखि कार्यान्वयन सम्म र चालु आर्थिक वर्षको बजेट तर्जुमा कार्यान्व्यनमा जनसहभागिता र जनउत्साह बढाउँदै अगाडि बढेको बरामुले जानकारी गराउनु भएको थियो ।

यस्तै उप प्रमुख बरामुले जिल्ला समन्व्य समिति धादिङले आर्थिक वर्ष २०७६र०७७ मा भए गरेका मुख्य कार्यक्रमहरु, आर्थिक बजेट सम्बन्धी १६ बुँदे र आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमहरु लगायत २४ बुँदे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीको प्रमुख आतिथ्यता र प्रतिनिधि सभाका सदस्य भूमिप्रसाद त्रिपाठी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रदेश सांसद जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा १३ वटै स्थानीय तहका गाउँपालिका प्रमुख तथा प्रमुख प्रसासकीय अधिकृतहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकतहरुले आ–आफ्नो पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आजदेखी सुरु भएको जिल्ला समन्वय समिति धादिङको चौथो जिल्ला सभा तथा वार्षिक प्रगति समिक्षा सम्बन्धि दुई दिने गोष्ठी भोली असोज २२ गते समापन हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्