सिद्धलेक गाउँपालिका भित्रका सडक पिच र ग्राबेल गर्ने कार्य सुरु

धादिङको सिद्धलेक गाउँपालिका भित्रका सडक पिच गर्ने कार्य सुरु भएको छ । गत आर्थिक बर्षमा नै पिच गर्ने योजना रहेपनि कोभिड १९ को कारण प्रभावित बनेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो।सिद्धलेक गाउँपालिका सम्म पुग्ने मोटरबाटो बुधबारबाट पिच गर्ने कार्य सुरु भएको छ ।
प्रदेश सरकारबाट प्राप्त १ करोड रुपँैयाबाट पालिका भवन सम्म पुग्ने मोटरबाटो पिच गर्ने कार्य सुरु भएको हो।पालिका भवन सम्म पुग्ने मोटरबाट दशैँ अगाडीनै पिच गरिसक्ने लक्ष्य राखीएको छ । स्थानीय सरकारको निर्माण भएपछि धादिङमा सिद्धलेक गाउँपालिका ग्रामिण मोटरबाटो पिच गर्ने पहिलो गाउँपालिका हो।समृद्ध सिद्धलेक,सुखि सिद्धलेकबासी निर्माण गर्ने कार्य अनुसार ग्रामिण सडक पिच तथा ग्राबेल गर्ने कार्य सुरु गरीएको अध्यक्ष सिलवालले बताउनु भएको छ।सिद्धलेकबासीहरुको मागलाई मध्यनजर गरेर आफुले विकास निमार्णको काम गरीरहेको सिलवाले बताउनुभयो।
यसैगरी बुंङचुङ–आरूबास–भेडावारी–मैदान –कमलाबारी ९खीन बहादुर थापा० मार्गको ड्रेन निमार्ण र ग्राबेल गर्ने कार्य पनि सुरु हुने भएको छ ।१७ किलोमिटर उक्त बाटोको ग्राबेल तथा ड्रेन निमार्णको लागि टेण्डर खुलाईसकिएको सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारीले बताउनुभयो ।

२ करोडको लागतमा ड्रेन तथा ग्राबेल गर्ने कार्य तत्काल सुरु हुने छ ।बजेटले भ्याएसम्म ड्रेन र ग्राबेल गरीने गाउँपालिकाले जनाएको छ ।यसैगरी परेवाटार–कुम्पुरभज्याङ सडकको ग्राबेल तथा ड्रेन निमार्णको लागि टेण्डन प्रक्रिया सुरु गरीसकिएको छ ।सडको स्तरउन्नती तथा बाह्रै महिना सवारी सन्चालन गर्ने कार्य अनुरुप पालिका भित्रका मुख्य तीन वटा सडकमा ड्रेन तथा ग्राबेल गर्ने कार्य गरीने अध्यक्ष सिलवालले धादिङ सन्चारलाई बताउनुभयो ।यसैगरी सिद्धलेक गाउँपालिकाको बैरेनी–पिपलनलाङ–ठाँटी–कमलबारी सडक ग्राबेल तथा ड्रेन निमार्ण कार्य पनि यस आथिर्क बर्षबाट सुरु गरीने छ । उक्त सडकको ग्राबेल तथा ड्रेन निमार्ण कार्य गतबर्षबाट सुरु गरीएको थियो ।यसैगरी यस आर्थिक बर्ष भित्र पालिका भित्रका सडकको स्तरउन्नती९ड्रेन र ग्राबेल० गर्ने कार्य गरिसक्ने र अर्को आर्थिक बर्षबाट तीन वटै सडक पिच गर्ने कार्य गर्न लक्ष्य राखीएको गाउँपालिका अध्यक्ष सिलवालले बताउनुभएको छ ।
आफु जनताको सेवक भएर काम गरीरहेको भन्दै उहाँले सिद्धलेक गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने अनुरुप काम भईरहेको बताउनुभएको छ।ग्रामिण सडकको ड्रेन निमार्ण र ग्राबेल गर्ने कार्य सुरु भएसँगै सिद्धलेकबासी खुसि भएका छन् ।बाह्रै महिना सवारी सन्चालन हुने भन्दै कृषि उपजलाई बजार सम्म लैजान र आवात जावत गर्न सहज हुने भन्दै नागरिकहरु खुसि भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्