धादिङमा बिहिबार थपिए ५९ जना कोरोना सङ्क्रमित

धादिङका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ३९ जना, खनियावासका ८ जना, ज्वालामुखीका ६ जना ,गल्छीका २ जना गजुरी १,गंगाजमुना १,त्रिपुरासुन्दरी १ र थाक्रे गाउँपालिकका १ जना गरी ५९ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का २३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर १० का १ जना र वडा पहिचान नभएका ३ जना गरी ३९ जना रहेका छन् । यस्तै खनियावास गाउँपालिका वडा नम्बर ४ का ४ जना वडा नम्बर ५ का ३ जना र वडा पहिचान नभएका १ गरी कुल ८ जना रहेका छन् ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना र वडा पहिचान नभएका १ गरी ६ जना रहेका छन्। यसैगरी गल्छी गाउँपालिका वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, गजुरी गाउँपालिका वडा नम्बर १ का १ जना, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का १ जना ,त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का १ जना, थाक्रे गाउँपालिका वडा नम्बर ९ का १ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ७१ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्