धादिङबेसी बजार क्षेत्रमा पिच गर्ने कार्य सुरु

धादिङबेसी बजार क्षेत्रको ७ किलोमिटर मोटरबाटो पिच गर्ने कार्य बिहिबारबाट सुरु भएको छ । कोरोना भाईरस(कोभिड १९) को कारण यसअघिनै सम्पन्न भईसक्ने उक्त सडकको पिच गर्ने कार्य रोकिएको थियो । बुधबार धादिङबेसी क्याम्पसचोक देखी कृषि विकास बैंक सम्म पिच गर्ने कार्य सम्पन्न भएको छ । दशैँअघि सडक पिच गर्ने कार्य सम्पन्न भईसक्ने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनुभयो।

धादिङबेसी बजार क्षेत्रको सडक(एसआरएन) सडक भित्र परेकोले उक्त सडक,सडक विभागले हेर्ने मेयर ढुङ्गानाले बताउनुभयो।नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना सडक बोर्डको बोर्ड अफ डाईरेक्टर रुपमा रहुनभएको छ।सडक पिच गर्नको लागि ५ करोड रकम छुट्याईएको भएपनि कालुपाण्डे मार्गको पनि केहि काम गर्नुपर्ने भएकोले पाँच करोडनै बजार क्षेत्रमा खर्च नहुने मेयर ढुङ्गानाको भनाई छ ।

अहिले भईरहेको पिच आस्फाल पिच भएको र यो पिच राम्रो र बलियो हुने नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीले बताउनुभयो । अहिलेको पिच केहि आस्फाल पिच र केहि जनरल पिच गर्न लागिएको हो।नीलकण्ठ नगरपालिकाको विकासको लागि आफुले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर बजेट ल्याउन सफल भएको भन्दै उहाँले आफ्नो पालामा नागरिकहरुले महशुस हुने गरी विकास गर्ने बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्