नेपालमा एकैदिन ४ हजार ३६४ संक्रमित थपिए,संख्या ९८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो ।
हिजो बुधबार अहिलेसम्मकै उच्च ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार ६ सय ७५ जना डिस्चार्ज भएसँगै ७१ हजार ३ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभर २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसिआर परिक्षण गरिएको डा।गौतमले बताउनुभयो । अहिले देशभर २६ हजार ६ सय ८४ सक्रिय संक्रमित रहेका छन भने ४ हजार ४ सय ६० जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्