विकासका लागि क्रियाशिल गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा

गल्छी, २१ बैशाख ।
एक जना शालिन व्यक्तित्व, जसको अगाडी परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेसी शान्त हुन्छ । कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो । गल्छी गाँपालिकाबासीले पंचायतकालदेखि पढे लेखेको नेतृत्व खोजिरहेको बेला उम्मेदवार यतिखेर पाएको छ।

गल्छी गाउँपालिका कल्लेरी, गोगनपानीको आधाभाग र बैरेनी मिलेर बनेको छ । बैरेनी बासीले यस अघिको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनालाई मात्र पढे लेखेको र विकासको बुझाइ भएको नेतृत्व चुन्न पाएको थियो । यतिखेर गाउँपालिका अध्यक्ष उम्मेदवार २०४९ देखि कल्लेरी गाविस अध्यक्ष हुनुभएर थोरै श्रोत हुँदापनि राम्रो काम गर्न सफल व्यक्तिलाई एमालेले समृद्धिका लागि आवस्यक छ भनेर उम्मेदवार बनाएको छ । कल्लेरी गाविस वडा नम्बर ३ निवासी ५७ केदार खतिवडा ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ ।

२०३६ को बहुदल निर्दलको निर्वाचनमा बहुदलका लागि सक्रिय हुनुभएका खतिवडा २०३७ सालमा अनेरास्ववियुको तर्फबाट पद्मोदय हाइस्कुलमा स्ववियु सदस्य निर्वाचित हुनुभएको थियो । २०३८ सालमा एसएलसि उतिर्ण हुँदा देखि तत्कालिन माले पार्टीको सम्पर्कबाट राजनितिमा भूमिगत कार्यकर्ता हुनुभएको थियो । काठमाण्डौमा कोठा भाडामा बस्दा हालमा एमाले नेताहरु धेरै उहाँको कोठामा बसेर राजनितिक योजना बनाउने गरेको र आफूले राजनितिमा सक्रिय हुनपाएको बताउनुहुन्छ ।

२०४३ मा गाउँ पंचायतको उपयोगको नितिअनुसार जनपीक्षय उम्मेदवार कल्लेरी गाउँ पंचायतबाट उठाएर दरिलो जिम्मेवारी पुरा गर्नुभएका खतिवडा त्यति खेर जनपक्षिय उम्मेदवारले जित्ने अवस्था आएपछि चुनाव दोहोर्याइएको थियो । २०४६ को आन्दोलनमा सहभागि भएछि उहाँ गाउँ फर्किनु भयो । गाउँमा आएपछि गाउँबासीले रुचाएको मान्छे पढेलेखेको नेतृत्व पाएपछि २०४९ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो।

त्यतिखेर गाउँविकास समितिमा सरकारले रकम नपठाउने गरेपनि गाउँविकास समितिमा पैसा नभएपछि खासै काम गर्न नसकिएको तर एमालेको ९ महिने सरकार आएपछि गाउँगाउँमा विकासको लहर ल्याएको अनुभव छ । आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रममा गाउँबासी विकासका लागि आफैँ काममा निस्केको अनुभव छ । त्यतिखेर थोरै रकम धेरै काम गर्न सकिएको थियो ।

२०५४ को निर्वाचनमा समेत गाविस अध्यक्ष निर्वाचित भएपछि धेरै काम भयो । सडक, विद्यालय, खानेपानी आदी सार्वजनिक काममा जनताको सहभागितामा गरेपछि यतिखेर चर्चामा रहनुभएका खतिवडा अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार हुनुभएको छ ।

नेकपा एमालेमा जिल्ला कमिटि सदस्य समेत भइसक्नु भएका खतिवडा पुनरसंरचनापछि गाउँपालिका कमिटि अध्यक्ष रहनु भएको छ।
आफू निर्वाचित भएमा गल्छीको विकासका लागि सडकलाई गुणस्तरीय बनाउने, रिङरोडको लागिकाम अघि बढाउने, एकघरएक धारापुरा गर्ने, सामाजिक सुरक्षा भत्ता जनताको नजिकै पुर्याउने, कृषिलाई आधुनिकिकरण गर्ने, अव्यवस्थित खानी व्यवस्थीत बनाउने लगायतका कार्यक्रम गाउँपालिका अध्यक्ष उम्मेदवार खतिवडाले ल्याउनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्