धादिङबेसीका कोरोना संक्रमित युवकको मृत्यु,सङ्ख्या ८ पुग्यो

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोमबार काठमाडौंको सुमेरु अस्पतालमा २२ वर्षिय युवकको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

असोज २२ गते कोरोना पुष्टि भएका ति युवकमा अत्यधिक ज्वरो आएका कारण उपचारको लागि काठमाडौं पठाइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यसअघि धादिङको नीलकण्ठ–९ का ३१ वर्षिय पुरुष,नीलकण्ठ–१४ का ३२ वर्षिय पुरुष,बेनिघाट रोराङ–७ का ४५ वर्षिय पुरुष, सिद्धलेक–६ का ४५ वर्षिय पुरुष,नेत्रावती डबजोङ–३ की ८७ बर्षिया महिला र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ की ३२ वर्षिय महिलाको कोरोना संक्रमणबा निधन भएको थियो । त्यस्तै रसुवा घर भएका एक पुरुषको गजुरीमा मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्