विकासको खाका सहितका कार्यक्रमहरु संचालन गर्ने लोहनीको प्रतिवद्धता

ज्वालामुखी,२२ बैशाख ।
विकास कसरी गर्नुपर्छ भन्ने सामाजिक क्षेत्रमा गरेको एक दशकको कामले सिकाइसकेको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ निवासी ५१ वर्षीय हरीराम लोहनी गाउँमा टुरिष्टको रुपमा आउने उम्मेदवार भन्दा फरक छन् । जनताको सामिप्यमा निरन्तर रहेका लोहनीलाई नेकपा एमालेले ज्वालामूखी गाउँपालका अध्यक्षको उम्मेदवार बनाएको छ ।

हातमा प्रतिवद्धतापत्र सहित मतदाता भेटघाटमा व्यस्त लोहनी यसअघि योजना निर्माण त्यपछिको कार्यक्रम कार्यान्वयन चरणमा काम गरिसकेको आश लाग्दा उम्मेदवार हुन् ।व्याचलर सम्मको अध्ययन गर्नुभएका लोहनी ज्वालामूखिको टोलटोलमा कसरी विकास सम्भव छ भनेर आफू पदमा नहुँदा समेत हिड्नु भएको व्यक्तिको रुपमा परिचय बनाउनु भएको छ । २०४५/४६ को जनआन्दोल र विद्यार्थी आन्दोलनमा सहभागि भएर राजनितिमा सम्लग्न हुनुभएका लोहनी सामान्य जिवनशैलीमा देखिनुहुन्छ ।

२०४७ मा शंकरदेब क्याम्पसमा अध्यायन थालेपछि सक्रिय रुपमा संगठनमा आवद्ध भएर राजनिति गर्नुभएको थियो । २०५३ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएका नेता लोहनी निरन्तर अविचलीत रुपमा पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ । २०५८ प्ररायुसंघ जिल्ला कमिटि सदस्य, २०६५ देखि नेकपा एमालेको जिल्ला कमिटि सदस्य रहनुभएका लोहनी २०७८ मा भएको अधिवेशनबाट उप सचिव निर्वाचित हुनुभएको छ ।

२०६२/६३ को जनआन्दोलनमा घाइते हुनुभएका लोहनी द्वन्द्वकालमा जनता र युद्धरत पक्षसंगको समन्वयमा शान्तिका लागि क्रियाशिल हुनुभएको थियो। एउटा स्पष्ट वक्ता लोहनीले ज्वालामूखी गाउँपालिकामा गर्न सकिने विकासको अवधारणालाई प्रतिवद्धतापत्र मार्फत सार्वजनिक गर्नुभएको छ ।

पालिकामा रिङरोड बनाउने, वडास्तरको सडक पिचगर्ने, सडकहरुको स्तरउन्नती गर्ने, एक गाउँ एक पकेट क्षेत्र बनाइ कृषि उत्पादनलाई कृषि एम्बुलेन्स मार्फत बजार पु¥याउने, उत्पदानका आधारमा राहत र कृषि प्रवर्धन गर्ने कुरा लोहनीले प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
एक वडा एक एम्बुलेन्स, प्राविधिक शिक्षालय संचालन, अंग्रेजी माध्यामबाट पढाइ, बुढी गण्डकी प्रभावितलाई व्यवस्थापनगरि गाउँमै राखे, सुकुम्बासीलाई पालिकाले जग्गा र घर व्यवस्था गर्ने, वृद्धहरुलाई सामुदायिक विश्राम स्तल बनाउने लगायतका कार्यक्रम संचालनगर्ने योजना लोहनीको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्