स्वास्थ्यकर्मी पाठक नीलकण्ठ–१० को वडा अध्यक्षका प्रत्यासी

धादिङ,२२ बैशाख ।
स्वास्थ्यकर्मी भएर एक दशकदेखि क्रियाशिल ४८ वर्षीय राजाराम पाठक नीलकण्ठ नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षका लागि प्रत्यासी हुनुभएको छ । नेकपा एमालेको टिकटबाट उम्मेदवार बन्नुभएका पाठक एक दशकदेखि सक्रिय राजनितिमा लागेर सामाजिक सेवामा व्यस्त हुनुहुन्छ । शालिन भद्र र मिलनसार पाठक गाउँबासीको हरेक सुख दुखमा साथ दिँदै आउनुभएको छ ।

गाउँ टोलमापुगेर स्वास्थ्य सेवा गर्दै आउनुभएका अहेव पाठकलाई गाउँबासीले डाक्टर भनेर चिन्ने गर्दछन् । पाठकको परिवार नै स्वास्थ्य क्षेत्रमा सम्लग्न भएको पाइन्छ। उहाँको श्रीमति २५ वर्षदेखि अनमी, छोरा फार्मेसी सहायक रहेर काम गरेको देखिन्छ ।२०६७ देखि २०७० सम्म आफ्नै गाउँमा स्वास्थ्य सेवा गर्दा गाउँबासीले स्वास्थ्यसेवा सहज रुपामा पाए । तर गाउँमा रहेर काम गर्दा स्थानीय सरकारले गाउँबासीको समस्या व्यवस्थीत रुपमा सम्बोधन गर्नका लागि आफैँले सेवा गर्ने अबसरको रुपमा वडा अध्यक्ष उम्मेदवार भएको पाठकको भनाइ छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल पाठक एम्बुलेन्स चालकदेखि सहकारीको अगुवा कार्यकर्ता, रेडक्रस र तथाअन्य सामाजिक संस्थाहरुमा रहेर सेवा गर्दै आउनुु भएको छ । “चुनाव पावर र पैसाको खेल नभइ जनताको मन जितेर सेवा गर्ने जिम्मेवारी हो” पाठकको भनाइ छ ।

आफू निर्वाचित भएमा विकासका कामहरुलाई योजनावद्ध रुपमा अघि बढाउने, सेवा प्रवाहलाई प्रविधि मैत्री, पारदर्शी, शुशासनयुक्त बनाउने, स्वास्थ्य शिक्षालाई समयानुकुल जनमुखी बनाउने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, वडालाई आन्तरिक पर्यटन विकासमा जोड दिने, पार्क तथा खेल मैदान निर्माण, जेष्ठ नागरिक, अपांगता भएका, असहायहरुका लागि विषेश कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पाठकको टिममा वडा सदस्यहरुमा डण्डपाणी कडरिया, बिरबहादुर खड्का, महिला सदस्य बालकुमारी शाह र दलित महिला सदस्यमा मञ्जु विक कामी हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्