मतदाता भेटघाटमा व्यस्त एमालेका उम्मेदवारहरु

धादिङ,२२ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेका सुर्य ध्वजाबाहक उम्मेदवारहरु मतदाताको दैलो दैलोमा पुगेका छन् । बैशाख ३० गते घर घर,व्यक्ति व्यक्तिले आफुले रोजेको नेतालाई जीताउ नपाउने सुनौलो दिन हो । सात सुर्य सातै छाप नारा लिएर धादिङको १३ वटै पालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरु गठबन्धनको विरुद्ध जनमत बटुल्न व्यस्त छन् ।

गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिकाको अध्यक्षका उम्मेदवार भक्तबहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङ र वडा अध्यक्षका उम्मेदवारहरुले आज गंगाजमुना गाउँपालिका वडा नम्बर २ रि तावलमा आमसभालाई सम्बोधन गर्नुभएको छ । करिब पाँच सय जना जति उपस्थित भएको कार्यक्रमा अध्यक्षका उम्मेदवार भक्तबहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङले नेकपा एमालेको सरकार आएमा जनताले शान्ति, विकास र सम्ृद्धिको अनुभव गर्न पाउने भएकोले जसरी भएपनि सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउन आवश्यक भएको बताउनु भएको छ ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार गंगादेवी श्रेष्ठ र उपमेयरका उम्मेदवार फन्द्रा तामाङले नीलकण्ठ नगरपालिका वडा नम्बर २ को भुल्भुले, तिनघरे, बलिडाडाँ, सिम्ले र चिसापानीमा कोणसभालाई सम्बोधन गर्नुभएको छ । कोणसभामा नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन नेकपा एमालेको प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको थियो भने मतदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेकपा एमाले बागमति प्रदेश सदस्य तथा बागमती प्रदेश सभा साँसद डा. रामकुमार अधिकारी र नेकपा एमाले जिल्ला कमिटि धादिङका सचिव अर्जुन श्रेष्ठले पनि कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।निलकण्ठ नगरपालिका वडा नम्बर ४ को टोलटोलमा वडा अध्यक्षका उम्मेदवार हरी श्रेष्ठ सहित टोली मतदाता भेटघाटमा पुगेको खानीगाउँबाट सानुबाबु श्रेष्ठले बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सुर्वण रिमाल र उपाध्यक्षका उम्मेदवार बिनाकुमारी मम्पाले नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा भएको कोण सभालाई सम्बोधन गर्नुभएको छ । सयौंको सख्यामा उपस्थित मतदाता माझ सुर्य ध्वजाबाहक उम्मेदवारहरुले यो देशको विकास, नेत्रावती डबजोङ गाउँपालिकाको विकास र समृद्धिका लागि नेकपा एमालेको सरकार अपरिहार्य रहेको बताउनु भएको थियो ।

धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिकाको मेयरका उम्मेदवार रामराजा पाण्डे र उपमेयरका उम्मेदवार मन्दिरा श्रेष्ठले धुनिवेशी नगरपालिका वडा नम्बर ९ को विभिन्न ठाउँमा घरदैलो तथामतदाता भेटघाट गर्नुभएको छ ।

गल्छी गाउँपालिका
गल्छि गाउँपालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरुले आ आफ्नो वडा वडामा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमल्सीनाको नेतृत्वमा ग्लछी गाउँपालिका वडा नम्बर ५ को पाल्चोक क्षेत्रमा मतदाता भेटघाट गरिएको छ । गाउँको योजनाहरुमा काम गर्न गाउँबासीले गरेको माग पुरा गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।

धुनीबेसी नगरपालिका
धुनिबेसी नगरपालिका वडा नम्बर ९ मामतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एमालेका ठूलो संख्यामा मतदाताहरु समेत मतदाता भेटघाटमा सहभागि भएका थिए । ठूलो जुलुस सहित नगरपालिका प्रमुख पदका उम्मेदवार रामराजा पाण्डे, उपप्रमुख उम्मेदवार मन्दिरा श्रेष्ठको सहभागिताथियो । धार्के बजारबाट नौबिसेसम्म पनि ठूलो जुलुस संचालन गरिएको थियो । धुनीबेसी नगरपालिका वडा नम्बर ६ मा संचालन गरिएको घरदैलोमा जनताको सहभागितामा विकास गर्न मतदाताहरुले माग गरेका छन् ।

थाक्रे गाउँपालिका
थाक्रे गाउँपालिकाका सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई जिताउन मतदाता भेटघाट भएको छ । सबै वडामा वडा अध्यक्षको नेतृत्वमा मतदाताहरु भेटेर एमालेलाई विकास र समृद्धिका लागि जिताउन आग्रह गरेको थाक्रेबाट बैरागी कुमारले बताउनुभयो । मतदाताहरुले योजना सहितगर्न र विषयगत रुपमा मतदातालाई स्पष्ट पार्न आग्रह समेत गरेका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्