नेत्रावती डवजोङका कर्मचारीमा कोरोना देखिएपछी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुको आईतबार पीसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएकाले आजदेखी गाउँपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि यस नेत्रावती डबजोङ गाउँपालिकाको कार्यलय लगायत यस गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि बन्द गरिएको जानकारी गराईन्छ । साथै गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरु समेत अर्को सुचना प्रकाशित नहुन्जेल सम्मको लागि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेलले बताउनुभयो ।

नेत्रावती डवजोङ गाउँपालिकामा सोमबारसम्मको तथ्याङ्क अनुसार संक्रमितको सङ्ख्या १८ पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी कृष्ण ब्रदी पौडेलले जानकारी दिनुभयो । संक्रमित मध्ये १५ जना निको भईसकेका छन् भने हाल सक्रिय केशको सङ्ख्या ३ जना रहेको छ । त्यस्तै संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य संयोजक पौडेलले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्