दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

नेपाल राष्ट्र बैंकले दशैँमा सर्वसाधारणका लागि नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर नयाँ नोट नसाट्ने जनाएको हो। नयाँ नोट साट्दा कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखाउँदै राष्ट्र बैंकले सर्वसाधारणका साना दरका नोट नसाटिने बताएको हो।

राष्ट्र बैंकले दशैँ तिहार लक्षित गरेर सर्वसाधारणका लागि वार्षिक रूपमा नयाँ नोट साट्ने सुविधा दिँदै आएको थियो । राष्ट्र बैंकको अलवा कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकमार्फत सर्वसाधारणले ५, १०, २०, ५० र एक सयका नयाँ नोट साट्ने गर्दथे। तर कोरोना संक्रमणका कारण यो वर्ष भने सर्वसाधारणले पुरानै नोटले काम चलाउनु पर्ने भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्