नाम ढाँटेर मतदान गर्न जाने व्यक्तिलाई कारबाही गर्ने

धादिङ,२२ बैशाख ।

नाम ढाँटेर मतदान गर्न जाने व्यक्तिलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अर्को मतदाताको नाममा मतदान गर्नका लागि मतपत्र लिन आएमा कानुन बमोजिम कारबाही हुने निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ ।

मतदान अथवा मतगणनाका क्रममा कुनै तरिकाले अवरोध पु¥याउन खोजेमा पनि कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचन आयोगले प्रचारप्रसारसम्बन्धी सभा बाहेक अन्यत्र ठूलो आवाज आउने गरी कुनै पनि उपकरणको प्रयोग गर्न नपाईने जनाएको छ ।

तर, उम्मेदवारहरूले घरदैलो कार्यक्रममा ठूलो आवाजमा गीत वा प्रचार सामग्री बजाउने गरेका छन् । आयोगले भने यस्तो कार्य गरेको पाईएमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्