मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने तयारी

धादिङ,२२ बैशाख ।

सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मतदान केन्द्र नजिकै खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको हो ।

सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका नागरिकलाई मतदान गरिसकेपछि पहिलो, दोस्रो र बुस्टर तिनै प्रकारको खोप लगाउने व्यवस्था गरिने छ ।

उहाँले मतदान केन्द्रमा खोप लगाउने विषयमा हामी तयार रहेको र मन्त्रालयले निर्णय गर्नासाथ खोप केन्द्र बनाउनेदेखि खोपको व्यवस्थापन सम्बन्धी काम सुरु गरिने पनि बताउनुभयो ।

खोपको कुनै मात्रा लगाउन छुटेको भए खोप कार्ड लिएर जान र खोप लगाउन पनि उहाँले आग्रह गर्नुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्