बागमती प्रदेशमा कोरोना संक्रमित सङ्ख्या ५० हजार नाघ्यो,धादिङ सातौँ नम्बरमा

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । असोज २६ गते सोमबार सम्मको तथ्यांक अनुसार प्रदेश भित्र संक्रमितको सङ्ख्या ५२ हजार १२ पुगेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशका १३ जिल्ला मध्ये सबै भन्दा धेरै काठमाडौंमा मात्रै ३५ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरका चार हजार ९ सय ८४, भक्तपुरका तीन हजार चार सय ७६, चितवनका तीन हजार ८० र मकवानपुरका एक हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी काभ्रेपलाञ्चोकका नौ सय ३३, धादिङका ६ सय ६८, नुवाकोटका तीन सय २०, सिन्धुपाल्चोकका दुई सय ६५, सिन्धुलीका दुई सय ६४, रामेछापका दुई सय ५३, दोलखाका एक सय ७३ र रसुवाका ३२ जनाका संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ८९ छ । २२ हजार ३ सय ५० जना उपचाररत छन् भने दुई सय ७३ जनाको कोरोना कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्