परिवार दलका अध्यक्ष एकनाथ ढकाल आफैँ ज्वालामूखिमा चुनावी अभियानमा

धादिङ,२४ बैशाख ।
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री माननीय एकनाथ ढकाल आँफै चुनावी अभियानमा उत्रनुभएको छ । धादिङको ज्वालामूखि गाँउपालिकामा अध्यक्ष पदमा दिपक सापकोटा मात्र एउटा उम्मेद्वार उठाएको परिवार दलले आफ्नो उम्मेदवार जिताउने लक्ष्यले अध्यक्ष ढकाल आाँफै पालिकाको विभिन्न ठाउँ साँधभन्ज्याङ, खरि,सातदोबाटो अमराईमा कोण सभा राखेको थियो ।

No description available.

कोण सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका ढकालले संसारमा एउटै मात्र सत्य चिज भनेको परिवर्तन हो, दशकौ देखि तपाईहरुले पुराना दललाई जिताउनुभयो तर के उनिहरुको कामबाट सन्तुष्ट हनुहुन्छ ? भनेर प्रश्न गर्नुभयो, पुराना नेताहरु भ्रष्टाचारमा लिप्त भएकाले नयाँ सोच जोस भएका उम्मेदवार लाई जिताएर एक पटक अवसर दिनुपर्ने कुरालाई जोड दिनुभयो ।

No description available.

नेपाली नागरिकले पनि देश परिवर्तन गर्ने हो भने भोट हाल्ने ठाउँ परिवर्तन गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो। साथै नेकपा एमालेले ज्वालामुखीमा परिवार दलका उम्मेदवारलाई सहयोग गर्नु पर्ने र धादिङमा आफ्ना उम्मेदवार नउठाएको ठाँउमा एमालेका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गर्नुभयो।

No description available.

मैदि अमराईमा जन्मेका कुसल,शालिन बौद्धिक व्यक्तित्व दिपक सापकोटालाई आफ्नो पार्टीले छानेकोले साँचो चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो। मन्तव्यको क्रममा अध्यक्ष पदका उम्मेदवार सापकोटाले आफुलाई जिताउनु पर्छ भनेर भन्दिन, तर अब निर्वाचित हुने अध्यक्ष आएपछि तपाँईहरुको दैनिक आइपर्ने समस्याहरुको जित होस्, हरेक काममा हुने भ्रष्टाचार र जनताको समस्याको वास्तै नगरीकन कुर्सी घुमाएर बस्ने अतिनै स्वार्थी चरित्रको जित होस्, मेरो भन्नु यतिनै हो भन्दै मतदातालाई पार्टीको आधारमा, धन सम्पत्ति, डर त्रासको आधारमा होईनकी उम्मेदवारको चरित्र र संकल्प हेरेर मतादान गरे आफुले दुख पाउन नपर्ने कुरा प्रस्ट पार्नुभयो । सापकोटाले आफ्नो प्रतिबद्धता पत्र समेत पेश गरेर आफुलाई अध्ययन गरेर मात्र मतदान गर्न आह्वान गर्नुभयो ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्