बृहत राष्ट्रिय खेलकुदका लागि धादिङमा खेलाडी छनोट गरिदै, बैशाख २९ भित्र नाम दर्ता गराउन आग्रह

धादिङ,२४ बैशाख ।
बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्ला स्तरीय प्रतियोगिता गरी खेलाडी छनोट गरिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेष्ठ २१ देखि २८ गते सम्म हुन लागेको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्ला स्तरीय प्रतियोगिता गरी खेलाडी छनोट गर्न लागिएको हो ।

शनिबार जिल्ला खेलकुद विकास समिति धादिङले एक सूचना जारी गर्दै बिभिन्न २१ विधामा खेलाडीहरुलाई प्रदेश खेल्न पठाउनु पर्ने भएकोले जिल्ला स्तरीय छनोटमा भाग लिन आव्हान गरेको छ । छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेश स्तरीय छनोटमा पठाउनु पर्ने भएकोले बैशाख २९ गते भित्र खेलाडी दर्ता फारम भरि नाम दर्ता गराउन सूचनामा भनिएको छ ।

सूचनामा उल्लेख गरिए अनुसार खोलाडी छनोट गरिने २१ विधाको खेलहरुमा टेवल टेनिस, जुडो, उसु, आईटिएफ, फु.कराते, कबडी, बास्केटबल, बुद्धिचाल, ह्याण्डवल, हक्की, रक्बी, पौडी, स्ब्वास, सेपाकताको, भारोक्तोलन, कुस्ती, सुटिङ, खो–खो, लङ टेनिस, गल्फ, सफ्टेनिस छन् । यी सबै खेलहरुमा महिला पुरुष दुबै टिम छनोट गरिने जनाईएको छ ।

छनोट प्रक्रियामा भाग लिन चाहाने खेलाडीले नाम दर्ता गर्न आउँदा साथमा नागरिकताको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साईजको ३ प्रति फोटो ल्याउनु पर्ने सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्