आर्मीको महिला भलिबल टोलीलाई पहिलो एनभीए उपाधि

काठमाडौं, २४  वैशाख।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलो पटक जितेको छ ।

शनिबार राखेप कभर्डहलमा आर्मीले फाइलनमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करण आफ्नो नाममा लेखाएको हो । आर्मीले पुलिसलाई २५–१८२५–२३२५–२० को सेटमा पराजित गर्‍यो ।

उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

यस्तै, तेस्राे स्थानमा रहन सफल एपीएफ क्लबले एक लाख ५० हजार रुपैयाँ पायो । आर्मी र पुलिसले चार खेलबाट समान नाै अंक जोडे पनि पहिलो सेट जित्दा पाएकाे अंकका आधारमा आर्मी च्याम्पियन बनेको हो ।

प्रतियोगितामा महिलातर्फ पाँच टोलीकाे सहभागिता थियो । आजै हुने पुरुषतर्फकाे अन्तिम खेलमा अहिले आर्मी र टिपटप हेल्प नेपालबीच प्रतिस्पर्धा भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्