बैंकिङ कसुर मुद्दामा फरार रहेका धादिङका एक जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका धादिङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर ५ का पन्चम अकौलिया रहेको पहरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । अकौलियालाई २५ गते सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरिएकोे हो । उनलाई ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका थिए ।

पक्राउ परेका अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्