धादिङका थप ७ जनामा कोरोना पुष्टि,संख्या ६ सय ३४ पुग्यो (विवरण सहित)

धादिङका थप ७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिका वडा नं ४ का ३९ वर्षिय पुरुष,वडा नं १० का ३३ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ७ का ५२ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४८ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ की २९ वर्षिया महिला,गल्छी गाउँपालिका वडा नं १ का ६२ वर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं ३ की ४० वर्षिया महिला रहेको हेल्थ असिस्टेन्ट रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

जिल्लाको १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा १ सय ७३ जना संक्रमित पुगेको छ । गल्छिमा ८३ जना, त्रिपुरासुन्दरीमा ७८ जना,ज्वालामुखी गाउँपालिकामा ५७ जना पुगेको छ । यस्तै थाक्रेमा ४६ जना,बेनिघाट रोराङमा ४५ जना, धुनीबेसीमा ३० जना, गंगाजमुनामा २० जना, गजुरीमा र सिद्धलेकमा १९र१९ जना, नेत्रावती डबजोङमा १८ जना, खनियाबासमा १७ जना, रुविभ्यालीमा २ जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ जना, धादिङ अस्पतालका २१ जना र स्वास्थ्य कार्यालय धादिङका २ जना गरी ६ सय ३४ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

जम्मा संक्रमित मध्ये ४ सय १० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी २ सय २४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

मंगलबार थप १ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ३ सय ८४ पुगेको छ । यस्तै मंगलबारनै जिल्लाको बिभिन्न स्थानका थप ६६ जनाको स्वाव संकलन गरी पठाईएसँगै रिपोट आउन बाँकी ६ सय २ पुगेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा हाल सक्रिय केशको सङ्ख्या २ सय ३४ जना र क्वारेन्टिनमा ४ जना रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्