गाउँगाउँमा एमालेको सभा र मतदाता भेटघाट कार्यक्रम

धादिङ,२५ बैशाख ।
नेकपा एमालेले गाउँगाउँमा मतदाता भेटघाट र सभा आयोजना गरेको छ। त्रिपुरासुन्दरी, धुनीबेसी, निलकण्ठ, गल्छी, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाटपछि कोणसभाहरु आयोजना गरेको छ ।

निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा आयोजना गरेको चुनावीसभालाई नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमालेका नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतले सम्बोधन गर्नुभएको सुनौलाबजारबाट गायत्री खतिवडाले जानकारी दिनुभएको छ ।

No description available.

शुशासनलाई प्राथमिकतामा राखेर जनताका लागि उनिहरुकै आवस्यकताकोआधारमा योजना बनाएर काम गर्ने एमालेको प्रतिवद्धता छ । नेताहरुले एमालेलेमात्र विकासको काम गर्न सक्ने भएकोले यस अघि निलकण्ठमा एमालेले नजित्दा जनताले ठूलो समस्या भोगिरहेकोउल्लेख गर्नुभएको छ।

ज्वालामूखी गाउँपालिकाको धुसेनीमा आज भएको कोषसभा अहिलेसम्मकै ठूलो सभा गरिएको थियो । नेकपा एमालेले दिगो विकासका लागि योजना ल्याएको, प्रतिवद्धतापत्र मार्फत जनताले जानकारी पाएकोले एमालेको विजयलेमात्र विकास सम्भव भएको एमालेउम्मेदवार हरीराम लोहनीले बताउनुभएको छ।

No description available.

गजुरी गाउँपालिकाको वडामब्र १ र ५ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ। एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष भगवती खतिवडा, वडा अध्यक्ष राजकुमार पंडित, रामचन्द्र मिजार घरदैलोमा सहभागि हुनुभएको थियो । मतदाता भेटघाटका क्रममा जितेर गएपछि जनताकालाइृ सम्झेर काम गर्न मतदाताले आग्रह गरेकाछन् । गाउँको माग अनुसार काम गर्न उनिहरुको माग छ ।

No description available.

गल्छीको सबै वडामा मतदाता भेटघाट एमाले उम्मेदवारहरुले गरिरहेका छन् । जनताको माग जनताका लागि हुनु पर्ने गल्छी बासीको छ। नेकपा एमाले कार्यकर्ताहरुले मतदान गर्न समेत सिकाइरहेका छन् ।  थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० मा नेकपा एमालेले विशाल र्याली आयोजना गरेको छ । मतदाता भेटघाट गर्दै रहेको उम्मेदवारहरुसंगै निस्केको ¥यालीले वडा नम्बर ९ र १० परिक्रमा गरेको थाक्रेबाट गोबिन्द सुवेदीले बताउनुभयो ।

No description available.

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा नेकपा एमालेले मतदाता भेटघापछि कोणसभा आयोजना गरेको छ।
एमालेलेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देब त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी, वडा अध्यक्ष उम्मेदवार विष्णु थापा लगायतले सम्बोधन गर्दै एमालेको विजयपछि चेपाङ समूदायको दिगो विकासका योजना ल्याइने बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्