ज्वालामूखीमा काँग्रेस कार्यकर्ताद्वारा एमाले कार्याकर्ताको घर तोडफोड

धादिङ,२५ बैशाख ।

धादिङको ज्वालामुखी गाउँपालिका ५ धुसेनीमा गएराति काँग्रेस कार्यकर्ताले एमाले कार्यकर्ताको घर तोडफोड गरेका छन् । नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार टंक प्रसाद काप्री, काँग्रेस कार्यकर्ता शिवराम भण्डारी लगाएतको अगुवाइमा दुईओटा घरमा तोडफोड भएको नेकपा एमाले ज्वालामुखीले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानिय हरी थापाले जानकारी दिनुभयो ।

तोडफोडबाट ढोका फुटेको छ भने शौचालय समेत क्षति पुगेको छ । तोडफोडका कारण अन्य भौतिक सामाग्री नष्ट भएको र कुखुरा समेत मरेको खरी निवासी नेकपा एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि नेपाल प्रहरीको टिम गाउँ पुगेर तोडफोडमा संलग्नहरुलाई खोजी गरिरहेको जनाएको छ । चुनाबी कार्यक्रमको क्रममा तल्लो गाउँमा वडाध्यक्षका प्रत्याशित काप्री र खरीका कांग्रेस नेता बिष्णु प्रसाद दुवाडी र एमालेका कार्यकर्ताको विवादपछि घरमा तोडफोड भएको बताइएको छ ।

एमाले कार्यकर्तामाथी आक्रमण भएको घटनाको विरोधमा धुसेनीमा नेकपा एमालेले विरोध सभा आयोजना गरेको छ । सभामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार हरिराम लोहनी, नेकपा एमाले ज्वालामूखीमा अध्यक्ष राजेश अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्दै कार्यकर्ताहरुलाई सम्यमता अपनाउन र शशक्त प्रतिकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । आफुले आक्रमण नगर्ने र कसैले आक्रमण गर्छभने त्यसलाई नछाड्ने एमालेले बताएको छ । चुनावी सरगमी बढेको समयमा धादिङमा भने अपराधिक घटनाहरु हुन थालेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्