धादिङमा संक्रमित संख्या ६ सय ४८ पुग्यो, आज १४ जना थपिए

धादिङका थप १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिकाका ८ जना, बेनिघाट रोराङका २ जना,खनियाबासका २ जना,सिद्धलेकका १ जना र नेत्रावती डवजोङका १ जना रहेका छन् ।

जसमा नीलकण्ठ–१ का २६ वर्षिय पुरुष,वडा नं ३ का ६ महिने बालक,४६,३३,२९ वर्षिय पुरुष,१४ वर्षिया बालिका,३५ वर्षिया महिला,वडा नं ४ की २७ वर्षिया महिला रहेका छन् ।

बेनिघाट रोराङ–२ का ३८ वर्षिय पुरुष,वडा नं ४ का २६ वर्षिय पुरुष,खनियाबास–५ की २२ र ४२ वर्षिया महिला,सिद्धलेक–७ का ६९ वर्षिय पुरुष र नेत्रावती डवजोङ–५ का २३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय ४८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्