धादिङमा फेरि निषेधाज्ञा : चाडपर्व मनाउँदा पाहुना नबोलाउन प्रशासनको आग्रह

धादिङ जिल्लामा पून निषेधाज्ञा जारी गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको अध्यक्षता बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र DCCMC को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरि अर्को सूचना नआउँदासम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएकाले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ९३ ० र संक्रामक रोग ऐन २०२० को दफा ९२० बमोजिम असोज ११ गते सम्म कायम रहेको निषेधाज्ञालाई केही परिमार्जन गरि जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाई राति १२ः०० बजे देखि अर्को आदेश नहुनजेलसम्म जिल्लाभर निषेधाज्ञा थप गरिएको जनाएको छ ।

बैठकले विभिन्न जिल्लाहरुबाट धादिङ प्रवेश गर्ने यात्रुहरुबाट संक्रमण फैलन नदिनको लागि जिल्ला प्रवेशका नाकाहरुमा थप कडाईका साथ चेकजाँच गर्ने,स्वास्थ्य मापदण्ड पुरा गर्ने र गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र स्थानीय संघ संस्थासँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने, स्थानीय क्षेत्रमा संचालन हुने भाडाका सवारी साधनको स्वास्थ्य मापदण्ड पुरा सुरक्षित सेवा प्रदान गर्ने र नगरेको समयमा विशेष चेकजाँच गर्ने समेत निर्णय भएको धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्र बहादुर खत्रिले जानकारी दिनुभयो ।

यसैगरी बैठकलले शैक्षिक संस्थाहरु संचालन नगर्न,दशैँ लगाएतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा वसिरहेका सदस्यहरु बाहेक नाता, कुटुम्ब तथा छिमेकीहरु भेला नहुने, मेला, पर्व लाएतका भेला हुने कार्यक्रमहरु नगर्न पनि आग्रह गरेको छ ।
त्यस्तै भिडभाड कम गर्न र सेवा प्रवाह व्यवस्थित गर्नको लागि सरकारी कार्यलयको टोकन प्रणाली अथवा आलोपालो प्रणाली लागु गर्न सकिने बैठकले मापदण्ड बनाएको छ । पसलहरुमा सामाजिक दुरी कायम गर्ने, यदि ग्राहकहरु सँग ५ मिनेट भन्दा बढि बस्नुपरेका फेस सिल्ड प्रयोग गर्नुपर्ने, सार्वजनिक सवारी साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने मापदण्ड बनाईएको छ ।

यस्ता रहेका छन् निर्णयहरु :

१.शिक्षण संस्थाहरु विद्यालय, महाविद्यालय, बौद्ध विद्यालय, प्राबिधिक शिक्षा, ट्युशन सेन्टर, तालिम केन्द्र आदि संचालन नगर्ने ।
२.दसैँ लगायतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छिमेकीहरु भेला नहुने ।
३.मेला, पर्व , जात्रा, महोत्सब, कन्सर्ट जस्ता भिडभाड हुने कार्य नगर्नेरनगराउने ।
४.सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरि सामुहिक पुजा, अर्चना प्राथना नगर्नेरनगराउने ।
५.कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्पर्धात्मक खेल वा प्रतियोगिता लगायतका मनोरञ्जनका कुनै पनि कार्य ९लिङ्घे पिङ, रोटे पिङ खेल्ने० नगर्ने रनगराउने ।
६.सामुहिक भेला, गोष्ठि, सभा सम्मेलन, पार्टि प्यालेस, स्वीमिङ पुल , जिम खाना जस्ता जनसमुह भेला हुने जस्ता कार्यहरु नगर्नेरनगराउने ।
७.भिडभाड कम गर्ने र सेवा प्रवाह व्यवस्थित गर्नको लागि सरकारी कार्यालयहरुले टोकन प्रणालि वा आलोपालो प्रणालि दुबै लागु गर्ने
८.पसल, व्यवसाय, यतायातका साधनहरु संचालन गर्दा व्यवसायीले मास्क, स्यानिटाईजर, ह्याण्ड ग्राहकसँग बस्नु पर्ने भए भाइजर समेत प्रयोग गर्नु पर्नेछ ।

९.लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजि सवारी साधनहरुको संचालनमा नेपाल सरकार मन्त्रिपरिषद्को निणर्य बमोजिम गर्ने र गराउने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्