स्थानीय र न्यून चापीयको संयुक्त असर, आज पनि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं, २६ वैशाख

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको  संयुक्त प्रभाव रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

दिउँसो देशभर बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार प्रदेश १, बागमती  र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती र  लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्