आज साेमबार,कस्ताे छ तपाईंकाे राशिफल ?

काठमाडाैं, २६ वैशाख

२६ वैशाख २०७९, सोमबार । वैशाख महिनाको अन्तिम सोमबार । तद्नुसार मे महिनाको ९ तारिक २०२२ । आज बिहान सूर्योदय ५ः१८ मा भएकाे छ भने सूर्यास्त ६ः४२ मा हुनेछ ।

वैशाख शुक्लपक्ष अष्टमी, विष्टि करण, अश्लेष नक्षत्र, वृद्धि योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान ७ः०० बजदेखि ८ः४० सम्मको समय राहुकाल छ भने, ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त छ ।

आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । सोमबारको दिन शिवालय र देवालय यात्रालाई शुभ मानिन्छ । सोमबार देवादिदेव शिवको प्रिय बार हो । आज समय निकालेर भएरपनि आफ्नो नजिकैको शिवालय मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग रहेको छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । शिवालय यात्रा गर्नुहोला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । तपाईंमाथि आरोप प्रत्यारोप लाग्न सक्छ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापारमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ ।  मानसम्मान मिल्नेछ । यात्राका अवसर आउन सक्छ । छोटो दुरीको यात्रा फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा हटने छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता  हटने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ छ । सकारात्मक सोचको आवश्यकता छ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकका लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा नगर्नहोला ।  आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा फाइदा हुनसक्छ । कसैको अहित हुने काम र कसैलाई हानी पुग्ने काम नगर्नु नै वेश हुनेछ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्