चुनाबी अभियानमा बालबालिकाको प्रयोग भएकोमा परिषदको ध्यानाकर्षण

धादिङ,२६ बैशाख ।

राष्ट्रिय बालअधिकार परिषदले निर्वाचनको बेला बालबालिकाको प्रयोग बढेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । परिषदमा परेको उजुरीलाई आधार मान्दा वैशाख ८ यता आठवटा दलले बालअधिकार उल्लङ्घन गर्दै बालबालिकालाई सभा–जुलुसमा लगाएका छन् ।

परिषद्ले आफ्नो संयन्त्र परिचालन गरेर चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोगसम्बन्धी विवरण सङ्कलन गरिरहेको छ । उजुरीअनुसार दलहरूले चुनाव चिह्न अङ्कित टिसर्ट, टोपी र स्टिकर लगाइदिएर बालबालिकालाई जुलुस र सभामा लाने गरिएको छ ।

वक्ता तथा कलाकारका रूपमा, पर्चा बाँड्न, नारा लगाउन, झन्डा बोक्न पनि बालबालिका प्रयोग गरिएको पाइएको परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताउनुभयो ।

निर्वाचनको बहानामा बालबालिकाको प्रयोग गर्दा उनीहरूको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, मनोवैज्ञानिक रुपमा पनि असर गर्ने भएकाले त्यसो नगर्न जानकारहरू बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्