नेत्रावतीमा टेकजंग द्धारा उम्मेद्वारी फिर्ता, मेघनाथ लार्ई दिए समर्थन

धादिङ,२६ बैशाख ।

नेपाली कांग्रेसका नेता टेकजंग लामाले नेत्रावती डबजोङ गाउपालिकाको अध्यक्ष पदमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । आज एक बिज्ञप्ती जारी गर्दै उहाले पालिकाको अध्यक्ष पदमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

नेपाली काग्रेस बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाको उम्मेदवारी फिर्ता गरे पछि नेत्रावतीमा नेपाली काग्रेस एक भएको बताईएको छ । लामाले अव नेपाली काग्रेसका आधिकारिक उम्मेद्वार मेघनाथ रिजाललाई सघाउने भएका छन् । लामाको साथले रिजाललाई ठुलै सहयोग मिल्ने काग्रेस शुभ चिन्तकको ठम्माई छ ।

जिल्ला सभापति रामनाथ अधिकारी र निवर्तमान सभापति लगायतका नेताहरु बीच सहमती बने पछि लामाले पार्टीको आधिकारीक उम्मेदवार मेघनाथ रिजाललाई सघाउने भएका हुन् ।

लामाले विज्ञप्तीमा मार्फत आम नेत्रावती डवजोङ गाउपालिकाका कांग्रेसका नेता तथा कार्यकर्ता, सुभेच्छुक, समर्थकहरुलाई नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारहरुलाई भोट हाली बिजय गराउन समेत सवै संग आह्वान गरेका छन् ।

टेकजंगले उम्मेद्वारी फिर्ता लिएपछि नेत्रावती डबजोङकाका नेपाली काग्रेसहरु उत्साहित भई मेघनाथ रिजाललाई बिजय गराउन घर दैलोमा ब्यस्त रहेको नेपाली काग्रेस नेत्रावतीले बताएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्