धादिङको निर्वाचन अपडेट : गल्छीमा एमाले, बेनिघाटमा काग्रेस अग्रस्थानमा, रुबिभ्यालीमा गठबन्धन र राप्रपा बराबरीमा

धादिङ,३१ बैशाख ।

स्थानिय तहको हिजो भएको निर्वाचनमा अन्य जिल्लामा जस्तै धादिङ जिल्लाको स्थानिय तहहरुको मत गणना सुरु भएको छ ।
जिल्लामा हाल सम्म गल्छि,बेनिघाट रोराङ, र रुविभ्यालीको अपडेट सार्वजनिक भएको छ ।

गल्छी गाउपालिकाको यस्तो हाल सम्मको मत गणनाको अवस्था
गल्छी गाउपालिकाको प्रमुख पदमा हाल सम्मको मतगणनामा नेकपा एमालेका केदारनाथ खतिवडा अग्रस्थानमा रहेका छन् । उनले ८७६ मत पाएका छन् भने गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजबादीका कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।

त्यसै गरि उप प्रमुखमा गठबन्धन नेपाली काग्रेसका भाईकाजि तिवारी अग्रस्थानमा रहेका छन् । उनले ७२७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उप प्रमुख पदका उम्मेदवार राधा लामिछानेले ६६६ मत हासिल गरेकी छिन ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ७४२ मत ल्याएर अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारले ६६३ मत ल्याएका छन् ।

बेनिघाट रोराङ गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                बेनिघाट रोराङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवि सिलवालले अग्रस्थानमा रहेका छन् उनले १९३ मत ल्याएका छन् । नेकपा एमाललेका उम्मेदवार देवि प्रसाद त्रिपाठीले १२९ र माओवादी केन्द्रका कृष्ण बहादुर थपलियाले १४७ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली काग्रेसका शुशिला मगरले १५५,नेकपा एमालेका हिरादेवी रेग्मीले ११४ र एकिकृत समाजबादिका टाप बहादुर श्रेष्ठले २६ मत ल्याएका छन् ।                                                                                                                                                                                

रुविभ्याली गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                        रुविभ्याली गाउपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार र राप्रपाको उम्मेदवारको बराबरी मत आएको छ । एक सय मत गन्दा दुवैको ४२ मत आएको हो । उपाध्यक्षमा गठबन्धनका फे लामा तामाङको ४५ र राप्रपाका उम्मेदवारको ३२ मत आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्