थप २ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना स्वस्थ

धादिङ,३१ बैशाख ।

देशभर थप २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर १२ सय ५४ नुमना परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ११ सय २७ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ जना र १२७ एन्टीजेन परीक्षणमा शुन्यमा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १६ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या १ सय ५० रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार १९८ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्